औँला काटी रगत निकाली, पातमा लेख्ने बानी छैन ।
कविता मेरो नाम नलेऊ, जसको नामको ठेगानै छैन ।
पागल भनिकन मानिस भन्दछन्, होस बेहोशको वास्तै छैन ।
कविता मेरो अघि नआऊ, तिमीलाई देख्ने आँखै छैन ।
तिम्रो उन्नती गरीदिउँ भन्ने, कुनै मलाई इच्छै छैन ।
कविता मलाई छोडेर जाऊ, स्वागत तिम्रो गर्न सक्दिन ।
फेरी कविता तिम्रो दर्शन, नगरिकन पनि बस्न सक्दिन ।
No comments:
Post a Comment