Pages

Saturday, September 25, 2010

नगर युद्ध

-सागर निरौला
नगर युद्ध, हत्या र हिंसा मानिसको बस्तिमा,
मानिसलाई मारी स्याल र गिद्धलाई नपार मस्तीमा ।

नेपाल आमाको आँशु बर्बरी झारेर,
मानिसले पाउँदैन मुक्ति मानिसलाई मारेर ।

मानिस नै हो यो धर्तीको मालिक,
क्षतिको पुर्ति हुँदैन पुजेर सालिक ।

एक मानिसलाई हुर्काउन कति समय चाहिन्छ,
आमाको काख पारेर रित्तो के मुक्ति पाइन्छ ।

बाबुआमा बिहीन भई कति टुहुरा भएछन् , 
हजारौँ छोरा नसकी बस्न परदेश गएछन् । 

मारेर भाइ सम्पत्ति सबै खरानी पारेर,
के दिन्छौँ मुक्ति नेपाल भित्रै नेपाली मारेर ।

यो देशमा आज बल्दैछ आगो मानिस जल्दैछ,
युद्धका नाममा तन्नेरी छोरो गोलिले ढल्दैछन् ।

फ्याकिदेऊ बन्दुक अब त्यो चाहिन्न,
युद्ध गरेर कहिले पनि शान्ति पाइन्न ।

No comments:

Post a Comment