Pages

Sunday, October 17, 2010

जिन्दगी

संसाररूपी मञ्चमा, ईश्वरको निर्देशनमा,
एउटा खेल खेल्छौ हामी, जिन्दगीको नाउँमा ।

एउटा व्यक्तिगत कथा, हुन्छ प्रत्येक व्यक्तिमा,
व्यथा पनि हुन सक्छ, सामना गर्नुपर्ने निहुँमा ।
समस्या जहाँ छ, त्यहाँ समाधान पनि हुन्छ,
लक्ष्य बोकी हिँड्ने मानिस, चन्द्रमा पाइला टेक्छ ।

संसारकै सबैभन्दा लामो, यात्रा हो जिन्दगी,
तर्नुपर्छ यहाँ धेरै, हिमाल पहाड र खोली ।
गएको तन पाइन्न, जसरी झरेको फूल फूल्दैन,
अमुल्य छ यो जिन्दगी, मोल लगाई किन्न सकिन्न ।

डेरा बसेको घर हो, यो हाम्रो जिन्दगी,
आफ्नो ठाउँ नभएकोले, गर्नुछ एक दिन खाली ।
कहाँबाट आएका हौँ हामी, अब कहाँ जानेछौँ,
यो कुरा बुझेर हामी, जिन्दगी सफल बनाऔँ ।

No comments:

Post a Comment